समानान्तर सरकार बनाउने प्रचण्डको चेतावनी

२९ माघ २०७१, बिहीबार २२:२७ मा प्रकाशित

काठमाडौं, २९ माघ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १६ पछि सरकारी कार्यालयहरु कब्जा गर्ने उद्घोष गरेका छन् । दाहालले चैत १६ पछि केन्द्रमा समानान्तर सरकार चलाउने र अन्तरराष्ट्रिय समर्थन मागिने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित ‘पहिचानवादी युवा शक्ति’ घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले जारी पहिलो चरणको आन्दोलन सत्तारुढ दल कांग्रेस एमालेलाई विगतका सहमति कार्यान्व्यनका लागि सचेत गराउनका लागि भन्दै फागुन १६ पछि प्रादेशिक सरकार घोषणा गर्ने र सरकारी कार्यालय कब्जा गर्ने बताए ।

उनले आफूले घोषणा गरेको आन्दोलनलाई क्रियात्मक आन्दोलनको संज्ञा समेत दिए । उक्त आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणको निर्णायक आन्दोलन गर्ने बताए ।

उनले भने–‘हामी केन्द्रमा संघीय सरकार घोषणा गर्छौं र राष्ट्रसंघलाई सोध्नेछौं र भारत र चीनलाई पनि भन्ने छौं, कुन सरकारलाई मान्यता दिन्छौ भनेर ?’ सहमति गराउनका लागि आफूहरुले आन्दोलनमा युवाहरु परिचालन गर्ने र आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण नै हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले