राप्रपा नेपालद्वारा संविधानसभाको बैठक बहिष्कार

२८ माघ २०७१, बुधबार २१:५३ मा प्रकाशित

काठमाडौ, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रश्नावली समितिको प्रक्रिया जारी रहने संविधानसभाको बैठक बहिष्कार गर्ने भएको छ । भोलि बिहीबार बोलाइएको बैठकमा राप्रपा नेपाल सहभागी नहुने पार्टीले जनाएको छ ।

‘भोलि मात्र होइन, प्रश्नावली समितिको प्रक्रिया जारी रहुन्जेल पार्टीले सभाको बैठक बहिष्कार गर्नेछ,’ पार्टीका सह प्रवक्ता मोहन श्रेष्ठले भने-‘प्रक्रिया खारेज गरिनुपर्यो या हाम्रो माग सम्बोधन गरिनुपर्यो ।’ समितिले निर्माण गरेको प्रश्नहरुको सूचीमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका विषयमा प्रश्न समावेश नगरिएपछि राप्रपा नेपालले बिरोध जनाउँदै आएको छ । एमाओवादी, मधेसी लगायतका विपक्षी दलको बिरोधका बिच निर्माण भएको समितिमा राप्रपा नेपाल बसेको थियो ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले प्रश्नावलीमा पार्टीको प्रश्न समावेश नगरिएकाले सभाको बैठक बहिष्कार गर्ने निर्णय लिएको हो ।

पार्टी प्रवक्ता विष्णु भट्टराईद्वारा जारी विज्ञप्तीमा चौथो राजनीतिक शक्तिका रुपमा स्थापति आफ्नो पार्टीको एजेन्डालाई प्रश्नावलीमा समावेश नगरिनुलाई निरंकुश र अधिनायकवादी चरित्र भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने