हिन्दुराष्ट्रको माग उराल्न राप्रपा नेपालको आमसभा

२४ जेष्ठ २०६९, बुधबार १७:२५ मा प्रकाशित

राप्रपा नेपालले यही जेठ २७ गते शनिबार राजधानीमा विशाल आमसभाको आयोजना गर्ने भएको छ । मुलुकको बदलिंदो विशेष परिस्थितिमा गर्न लागिएको सो आमसभामा ४० हजारभन्दा बढि मानिसहरुको उपस्थिति रहने बताइएको छ । आमसभा अघि २६ गते दिनको १ बजे नयां बानेश्वरको तिनकुनेबाट मोटर साइकल ¥याली गरिने तथा २५ र २४ गते घर दैलो कार्यक्रम गरिने राप्रपा नेपालका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिएका छन् । संविधानसभाले संविधान बनाउन नसकेपछि सर्वसाधारणमा राजनीतिक दलका नेताहरुप्रति वितृष्णा पैदा भएकाले पनि राप्रपाको अभियानले जनताको साथ पाउने अपेक्षा पार्टी नेताहरुले गरेका छन् । पार्टीले सुरुदेखि नै उठाउंदै आएको एजेण्डाप्रति जनता सकारात्मक रहेको र आफुहरुले राजधानीवासीको पूर्ण साथ प्राप्त गर्ने कुरा राप्रपा नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले बताए ।
सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम गरौं, संवैधानिक राजसंस्था कायम गरौं र निष्पक्ष, स्वतन्त्र चुनावी सरकार गठन गर्नका लागि जनदबाव सिर्जना गरौं भन्ने राप्रपा नेपालको यसपटकको मुल नारा र माग रहेको रहेको छ । निष्पक्ष चुनावी सरकार अहिले सर्वसाधारण नेपाली जनताको माग भएकोले राप्रपा नेपालको यो अभियानलाई वौद्धिक वर्गले समेत विशेष रुपले हेरेका छन । राजधानीमा मात्र नभएर बिभिन्न जिल्लाबाट पनि निष्पक्ष चुनावी सरकारको माग उठिरहेको छ । चुनावी सरकारको नेतृत्व राजनीतिक दलका नेताहरुबाट नभएर निष्पक्ष ब्यवसायिक ब्यक्तिको नेतृत्वमा हुनुपर्ने माग पनि राप्रपा नेपालको रहेको छ । संबिधान सभा असफल भइ सकेको अवस्थामा यो संबिधान सभाले गरेका सम्पूर्ण कामहरुले वैधता गुमाइ सकेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाई छ । शनिबार खुल्ला मञ्चमा हुने आमसभालाई राप्रपा नेपालका अध्यक्ष कमल थापा, कांग्रेसका नेताहरु देवेन्द्र नेपाली, पी एल सिंह लगायतले संवोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वमेयर पीएल सिंहले मुलुकमा अब संविधानसभाको चुनाव या आयोगबाट संविधानको निर्माण होइन २०४७ को संबिधानलाईनै सक्रिय बनाइनु पर्ने माग गर्दै आएका छन् । बीपीले राजसंस्थालाई संगसंगै लिएर हिंड्नु पर्छ भनेर किन भनेका थिए भन्ने कुरा आफुहरुले बल्ल बुझेको केही कांग्रेस नेताहरुको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले