नेपाल-भारत सीमा संयुक्त बैठक सम्पन्न

२८ माघ २०७१, बुधबार २१:४९ मा प्रकाशित

काठमाडौं, माघ २८। पोखरामा भएको नेपाल–भारतको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको ११ औं बैठक बुधबार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा सीमा क्षेत्रमा हुने विभिन्न किमिसका आपराधिक क्रियाकलाप, मानव बेचबिखन, लागूऔषधको अवैध कारोबार, हातहतियार ओसार–पोसार, आतंकवाद नियन्त्रणलगायतका विषयमा छलफल भएको गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले जानकारी दिएका छन् ।

बैठकमा बढ्दो वैदेशिक रोजगारका लागि भारतीय भूमि प्रयोग गरी गैरकानुनी ढंगले विदेश जाने प्रवृत्ति निरुत्साहित गर्न नेपालले राखेको प्रस्तावलाई भारतीय पक्षले सहज रुपमा लिएको छ ।

नेपालमा भारतीय नक्कली मुद्रा कारोबार गर्ने आपराधिक गिरोहलाई नियन्त्रण गर्न पनि जोड दिइएको छ । भारतीय सीमा क्षेत्रमा निर्माण गरिएको सडक एवं संरचनाले नेपाली भू–भाग डुबानमा परी हजारौं विस्थापित हुनुपरेको विषयमा नेपाली पक्षले ध्यानाकर्षण गराएको छ ।
यस्तै, सीमास्तम्भको उचित व्यवस्थापन, धार्मिक अतिवादीको क्रियाकलाप न्यून गर्न पनि बैठकमा सहमति भएको छ ।

नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकाल र भारतका तर्फबाट गृह मन्त्रालयका सीमा व्यवस्थापन हेर्ने हितेसकुमार एस मकवानले बैठकको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट