हदैसम्म लचक हुन तयार छौं: प्रधानमन्त्री कोइराला

२७ माघ २०७१, मंगलवार २१:०१ मा प्रकाशित

काठमाडौं, २७  माघ । प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी मोर्चासँग सहमतिका लागि आफूहरुले हदैसम्मको लचकता अपनाउने स्पष्ट पारेका छन् । सहमतिका आधारमा अघि बढ्नु र नयाँ संविधान जारी गर्नुको विकल्प नरहेको भन्दै प्रधानमन्त्री कोइरालाले एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई लचकतासाथ वार्तामा आउन समेत आग्रह गरे ।
मंगलबार पार्टी मुख्यालय सानेपामा ७५ वटै जिल्लाका कोषाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले विगतमा शान्ति प्रक्रिया जस्तो लडाकू र हतियार व्यवस्थापन गर्न १२ बुँदे सम्झौतादेखिका सहयात्री दलहरु सफल भएझैं संविधानमा पनि सहमति गरेर अन्तर्राष्ट्रिय जगतलाई राम्रो सन्देश दिनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्ना कुरा सबै ठीक र अरुका कुरा सबै गलत भन्ने विपक्षीको सोच नै सकारात्मक नभएको गुनासो पोखे । संविधानसभाले बनाएको प्रश्नावली निर्माण समितिलाई विघटन गर्नुको साटो त्यही समितिमा सहभागी भएर साथ दिन देउवाले विपक्षीहरुलाई आग्रह गरे ।

कांग्रेसका ७५ ओटै जिल्लाका कोषाध्यक्षहरुलाई पार्टीको कोष निर्माण, व्यवस्थापन र नेतृत्व विकासका सम्बन्धमा कांग्रेसले ३ दिने प्रशिक्षण आयोजना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा