जुँगाको लडाइँले सहमति भएन: नेता नेपाल

२७ माघ २०७१, मंगलवार २०:५७ मा प्रकाशित

बुटवल,२७ माघ । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जुँगाको लडाइँ र प्रतिष्ठाका कारण सहमति बन्न नसकेको र संविधान पनि ल्याउन नसकेको बताएका छन् ।

सहमतिकै नाममा एक वर्षको समय खेर गएको बताउँदै उनले संविधान निर्माणका लागि नेपाली काँग्रेस र नेकपा एमाले सकारात्मक भए पनि एमाओवादीसहितका दलहरुको मानसिकता उदार नदेखिएको उल्लेख गरे ।

आज जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलको साधारणसभामा बोल्दै एमाले नेता नेपालले संविधान निर्माणका लागि सहमतिको अधिकतम प्रयास गर्दागर्दै पनि प्रक्रियामा अगाडि बढ्दा अर्को चक्रब्यूहमा फसेको विश्लेषण गरे ।  “सहमतिका लागि सबै पक्षको उत्सुकता र आतुरता हुनुपर्ने हो,” उनले एमाओवादी र मधेसी दलतर्फ लक्ष्यित गर्दै प्रश्न गरे – “सहमतिका लागि कहिलेसम्म पर्खिने ?”

मुलुकको भौगोलिक विविधतालाई सम्पत्तिका रुपमा स्वीकार गर्नुपर्ने पनि उनले बताए । मानिसको फरकफरक स्थानमा फरकफरक पहिचान हुने भएकाले एकल जातीय पहिचानका आधारमा राज्यको विभाजन तथा नामकरण हुन नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड