दिल्लीमा आम आदमीले दुई तिहाईभन्दा बढी सिट जित्यो, ‘केजरीवालको सुनामी बिजय’

२७ माघ २०७१, मंगलवार २०:५३ मा प्रकाशित

नयाँदिल्ली, २७ माघ  । दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) का तर्फबाट मुख्यमन्त्रीका उम्मेद्वार अरविन्द केजरीवालको नेतृत्वले सानदार विजय हाँसिल गरेको छ । अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले दिल्ली विधानसभा निर्वाचनमा ७० सिटमध्ये ६७ सिट जित्दै सानदार विजय हाँसिल गरेको हो  । केजरीवाल दिल्लीबाट भाजपाका उम्मेद्वारलाई हराउँदै विजयी बनेका हुन् । केजरीवाल नेतृत्वको आम आदमी पार्टीले दुई तिहाईभन्दा बढी सिट जितेको छ । केन्द्रीय सरकारमा सत्तारुढ भारतीय जनता पार्टीले ३ सिट मात्र जितेकेा छ । अरबिन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदका लागि आगामी १४ फ्रेबुअरीमा रामलिला मैदानमा सपथ लिने कार्यक्रम छ ।

उता भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्रीका उम्मेद्वार किरण वेदी कृष्णनगर चुनाव क्षेत्रबाट पराजित भएकी छन्। उनलाई आम आद्मी पार्टीका एसके बग्गाले २४ सय ७६ मतले हराएका हुन्। यसअघि भएको निर्वाचनमा बितेको १५ बर्षयता दिल्लीमा सरकार चलाउँदै आएको कांग्रेस र मुख्यमन्त्री शीला दीक्षितलाई भर्खरै राजनीतिमा आएका आपका नेता केजरीवालले पराजीत गराएपछि अरविन्द केजरीवाल र आम आदमीको नाम भारतभर छाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९