स्वीस बैंकमा नेपाली एकाउन्ट होल्डरको ५ अर्व ४० करोड रुपैयाँ

२६ माघ २०७१, सोमबार २२:१८ मा प्रकाशित

काठमाडौ, २६ माघ । इन्टरनेशजल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आइसीआइजे) ले ‘स्वीस लिक’ नाम दिएर सार्वजनिक गरेको विवरण अनुसार स्वीट्जरल्याण्डको एचएसबीसी बैंकमा नेपाली एकाउन्ट होल्डरको नाउँमा ५ करोड ४० लाख अमेरिकी डलर रहेको खुलासा गरेको छ । करिव ५ अर्व ४० करोड रुपैयाँ राशिको उक्त स्वीस बैंकमा कर छली वा हुण्डी लगायतका माध्यमबाट जम्मा गरेको हुनसक्ने भन्दै उक्त संस्थाले ति विवरणहरु सार्वजनिक गरेको हो । सार्वजनिक विवरणमा स्वीटजरल्याण्डको निजी बैंक एचएसबीसीमा रहेको आठ जना ग्राहक नेपालसंग सम्बन्धित रहेको र त्यस मध्ये ३८ प्रतिशत नेपाली पासपोर्टबाहक वा नागरिक रहेको पनि ‘स्वीस लिक’ ले उल्लेख गरेको छ । स्वीस लिकको दावी अनुसार उक्त बैंकमा सन् १९८८ बाट बैंक एकाउण्ट खोल्न थालिएको र त्यसमध्ये सन् २००६ सम्ममा १२ वटा एकाउण्ट पुगेपनि त्यसमध्ये आठ वटा सक्रिय रहेको उल्लेख गरेको छ । ती १२ वटा बैंक एकाउट सन् १९९४ पछि कोही पुरानो बैंक एकाउटलाई नविकरण गरेर ल्याइएको वा सन् २००६ सम्ममा नया“ खुलेका हुन् । ति बैंक एकाउण्टहरुको अरु ३६ वटा बैंक एकाउण्टहरुसंग सम्बन्ध देखिएको पनि उल्लेख गरिएको छ । उक्त बैंकमा रहेको रकमको अनुसार नेपाल ११६ औस्थानमा रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख