मुलुकलाई द्वन्द्वबाट बचाऔं: प्रम कोइराला

२६ माघ २०७१, सोमबार २२:०६ मा प्रकाशित

काठमाण्डौं, २६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई द्वन्द्वबाट बचाउन सबै नागरिक सजग हुन पर्ने बताउनु भएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा संविधान निर्माणका सम्बन्धमा आफ्ना सुझाबहरु सहितको ज्ञापन पत्र बुझाउन आएको महिला शक्ति राष्ट्रिय समन्वय केन्द्रका पदाधिकारीहरुसंग उहाँले सो कुरा बताउनु भएको हो । केन्द्रका अध्यक्ष दुर्गा पोखरेलको नेतृत्वमा आएको सो प्रतिनिधि मण्डलसंग प्रधानमन्त्री कोइरालााले भन्नुभयो,“ नेपाली जनताले ७ दशकभन्दा लामो समयदेखि गरेका आन्दोलनबाट प्राप्त अधिकारहरु संस्थागत गर्ने ऐतिहासिक चरणमा शान्तिलाई खलल पारेर मुलुकलाई द्वन्द्वतिर लगियो भने देश कहाँ पुग्छ भन्न सकिन्न ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले अहिले संघीयता,गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धिहरु हासिल गरेकोले यीनलाई संस्थागत गर्नतिर सम्पूर्ण ध्यान लगाउन पर्ने आवश्यकतामा पनि जोड दिनुभयो । उहाँले नेपालले विकासको मुख नै देख्न नपाएको उल्लेख गर्दै भन्नुभयो,“ अमेरिका र यूरोप पुगेर फर्केपछि पो थाहा हुन्छ ,हामीकहाँ त विकासको थालनी नै भएको रहेनछ भन्ने ।” उहाँेले लोकतन्त्रको स्थापना र विकासको लागि संघर्ष गर्दागर्दै नेपाली जनताले विकासमा ध्यानै दिन नपाएको बताउनु भयो । उहाँले सबै नेपालीले चाहेजस्तो स्वतन्त्रतायुक्त राजनीतिक व्यवस्था प्राप्त भैसकेकोले अव सबैले आफ्नो ध्यान, शान्ति,स्थायित्व,लोकतन्त्रको संस्थागत विकास,लोकतान्त्रिक संविधान र मुलुकको सामाजिक–आर्थिक र पूर्वाधार विकासमा केन्द्रित गर्न आवश्यक भएके पनि बताउनु भयो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले माघ ८ अगावै सबै दलहरु सहमतिको निकट निकट पुगे पनि केही दलका केही नेताहरुको अव्यवहारिक अडानका कारण निर्धारित मितिमा संविधान बनाउन नसकिएको बताउनुभयो । उहाँले सहमतिको संभावना टाढिदै गएपछि उच्चस्तरीय राजनीतिक समितिमा भएको समझदारी,संविधानसभा नियमावली,संवैधानिक व्यवस्था र प्रजातन्त्रका विश्वव्यापी मान्यता ,सिद्धान्त र परम्परा अनुसार प्रक्रियामा जानु परेको पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुका बीचमा संवाद,सहमति,एकता र मेलमिलापका लागि आफूले भरमग्दूर प्रयत्न गरिरहेको पनि बताउनु भयो । उहाँले केही हप्ता पहिले गेट क्र्यास गरेर एमाओवादी अध्यक्षलाई भेटेको र पुन वार्ताको वातावरण सिर्जना गर्न आफूले सार्वजनिक रुपमा २०६२ ÷६३को आन्दोलनका सहयात्री र संविधानसभामा रहेका समस्त दलहरुलाई आह्वान गरेको पनि बताउनु भयो ।
प्रधानमन्त्री कोइरालाले अहिले विश्वमा नेपालको साख अभिबृद्धि भएको र विश्वभरका लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक भएको बेलामा सबैले मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम गर्न सघाउनु पर्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री कोइरालालाई केन्द्रले वार्ताको माध्यमबाट राजनीतिक विवादको अन्त्य गरी संविधान लेखन प्रकृया अगाडि बढाउन, संबिधान महिला मैत्रीपूर्ण बनाउन, शान्तिप्रकृयालाई पूर्णता दिन, राज्यका सबै निकायमा महिलाहरुलाई ३३ प्रतिशत सिट आरक्षण गर्न र शान्ति खल्बल्याउने र द्वन्द्व निम्त्याउने सबै कार्यहरु रोक्ने वातावरण सिर्जना गर्ने माग सहितको ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाउन केन्द्रकी अध्यक्ष घिमिरे, उपाध्यक्ष शारदा पोखरेल, महासचिव प्रतिभा सुवेदी,सचिव कोपिला रिजाल, कोषाध्यक्ष राधा शर्मा, र सदस्यहरु विजया के.सी. हरिप्रिया पाण्डे, रश्मिला मल्ल र शारदा बैद्य लगायतका पदाधिकारीहरु बालुवाटार पुग्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको