मधेशी मोर्चाका नेताहरुलाई संवाद सुरु गर्न राष्ट्रपतिको आग्रह

२६ माघ २०७१, सोमबार ०९:०० मा प्रकाशित

काठमाडौ, २६ माघ । नेताहरुबीच बढ्दै गएको दूरीलाई कम गर्न राष्ट्रपति डा.रामवरण यादवले आइतवार मधेशी मोर्चाका नेताहरुलाई भेटी लामो र गम्भीर छलफल गर्नु भएको छ । केही दिनदेखि विभिन्न दलका नेताहरुलाई भेटी सहमतिको वतारण बनाउन आग्रह गरिरहनु भएको राष्ट्रपति यादवले आन्दोलनको कार्यक्रम रोकेर सहमतिको वतावरण तयार गरी सविधान जारी गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको छ ।
आइतवार साँझ आफ्नै निवासमा मोर्चाका नेताहरुसँगको भेटमा उहाँले १२ बुँदे सम्झौतादेखि हालसम्म गरेका सम्झौताका सहयात्रीहरु एकठाउँमा आएर सविधान निर्माणमा लाग्नुपर्ने सुझाव दिनुभएको मोर्चाका नेताहरुले बताउनु भएको छ । भेटमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम नेपालका प्रवक्ता रत्नेश्वरलाल कायस्थको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ