
विजय थापा, डिसी, २४ माघ । गैर आवाशीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनको लागि डिसी महानगर क्षेत्रमा बसोबास गर्ने पूर्व संचारकर्मी नगेन्द्र पौडेलले अध्यक्ष पदमा आफ्नो उम्मेदबारी घोषणा गरेका छन् ।
डिसी महानगर क्षेत्रको भर्जिनियामा सम्पन्न उक्त औपचारिक उम्मेदवारी घोषणा कार्यक्रममा त्यस क्षेत्र सेरोफेरोका नेपाली समुदायको बाक्लो उपस्थितिमा माझ पौडेलले भने. ‘म यहाँ सपना बेच्न आएको हैन ।’ अध्यक्ष पदका प्रत्यासी पौडेलले अगाडी भने, ‘अहिलेको जुन अवस्थामा एनआरएन छ त्यो भन्दा एक तह माथि उठाउने छु । तर तपाईहरुको साथ चाहिन्छ ।’
‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नारा प्रति आफ्नो सच्चा विश्वास भएको चर्चा गर्दै आफ्ना प्रतिबद्धताहरु क्रम बद्ध रुपमा प्राथमिकताको साथ पस्के । पौडेलले आफ्ना विचार राख्ने क्रममा भने समाज सेवा अन्तर मनबाट आउनु पर्छ तर त्यसको लागि बिगतमा गरेका उपलब्धिहरु चाहिन्छ ।
उम्मेदवारीलाई आफुले चुनौतीको रुपमा लिएको र आफु जहिले पनि संघर्ष लाई चिर्दै निस्केको मन्तब्य राखे l दर्शन ,प्रतिबद्ध तथा नेतृत्व प्रदान गर्न सक्ने गुण भएकोलाई जिताउनु पर्ने हुन्छ र त्यो समुदायले मुल्यांकन गर्ने छ ।
एनआरएन अमेरिकामा आउदो ३ बर्ष भित्र कम्तिमा २० प्रतिसत सदस्य बनाउन मेरो प्रयास रहने छ । अमेरिकामा एनआरएन लाई छाता संगठनको रुपमा बनाउनु पर्ने र अन्य संघ तथा संस्थाहरु संग समन्वय गर्नु पर्ने अपरिहार्यता रहेको चर्चा गरे ।
दोहोरो नागरिकता बिषयमा गम्भीरताको साथ लाग्ने आफ्नो लक्ष्य रहेको बताए ।
उक्त उम्मेदवारी घोषणा कार्यक्रममा डिसी महानगर क्षेत्र बाहेक नर्थ क्यारोलिनाबाट आएका डा कृष्ण शर्माले समाज सेवा सबैले गर्छन तर नेतृत्व सबैले लिदैनन भन्दै त्यो क्षमताको व्यक्ति पौडेल भएको उल्लेख गरे । यसै गरि मानव अधिकारवादी कृष्ण सबले समाज सेवामा पौडेल परीक्षित भै सकेको चर्चा गरे भने नेपाल अमेरिका पत्रकार संघका अधक्ष्य गौतम दाहालले एनआरएनको लागि नेजाले पनि नेतृत्व प्रदान गर्न सक्ने व्यक्तित्व निर्माण गर्ने रहेछ भन्दै गर्व लागेको बताउदै शुभकामना दिए ।
एन आर एन का वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले सदस्यतामा धेरै वृद्धि भएकोले समुदायको आशा पनि निक्कै बढेको चर्चा गर्दै वर्तमान समितिले गर्दै गरेका काम बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु क्रमस अमेरिका नेपाल सोसाईटीका पूर्व उपाध्यक्ष सागर कंडेल ,एनईसीसीका सभापति खिलेन्द्र न्यौपाने ,एनईसीसीका पूर्व सभापति महेन्द्र कार्की ,अनेसास डिसी शाखाका सभापति प्रकाश नेपाल, समाज सेवी राम चन्द्र भट्टराई ,समाज सेवी नेत्र घिसिङ्ग ,एएनएसका पूर्व सचिब मुक्ति दवाडी तथा एनआरएन अमेरिकाका संचालक समितिका लागि उम्मेदवार सुशील रेग्मीले पौडेलको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए ।
कार्यक्रमको सभापति समाज सेवी राम मालाकारले गर्नु भएको थियो भने वहाले पौडेलको क्षमताको बारेमा प्रकाश पार्दै डिसी महानगर क्षेत्रबाट कोहि पनि एन आरएनको लागि उम्मेदवार नभएकोले पौडेलले नै नेतृत्व लिनु पर्ने विचार राखे ।
कार्यक्रममा नेवाह संगठन अमेरिकाकि प्रथम उपाधक्ष्य बबिता श्रेष्ठले नगेन्द्र पौडेल बारेमा चर्चा गरेको थिइन् भने एरो नेपाल ट्राभल्सका संचालक राकेश तुलाधरकि धर्म पत्नी ईश्वरी तुलाधरको असामयिक निधनमा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रश्न उत्तरको पनि कार्यक्रम राखिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा
अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड
न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट
काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी