प्रधानमन्त्रीको आह्वान सकारात्मक: एमाओवादी सचिव पुन

२५ माघ २०७१, आईतवार २१:४३ मा प्रकाशित

काठमाडौं, २५ माघ । एमाओवादीका सचिव वर्षमान पुनले प्रधानमन्त्री सुशील कोइरालाबाट वार्ताको लागि लिखित वक्त्तव्य जारी हुनु सकारात्मक भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री कोइरालाले विपक्षी मोर्चालाई वार्तामा आउन लिखित रुपमै आह्वान गरेको लगत्तै आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले भने, ‘वार्ताको लागि लिखित वक्त्तव्य आउनु सकारात्मक छ तर यसले सम्वादको ढोका भने अझै खोलेको छैन, यो वक्त्तव्य अमूर्त अपुरो छ, यसकावारेमा हामी छिट्टै ३० दलीय मोर्चाको बैठक राखेर आधिकारिक दृष्टिकोण सार्वजनिक गर्छौ, पार्टीका शीर्ष नेताहरु राजधानी बाहिर छन्, हाम्रो पार्टी अध्यक्ष प्रचण्ड आजमात्रै काठमाडौं आईपुग्नुभएको छ, हामी आन्तरिक रुपमा छलफल पनि गछौं । तर पनि एउटा वातावरण बनेको छ, यसलाई सदुपयोग गर्ने हो भने सत्तापक्ष यो भन्दापनि बढि जिम्मेवारका साथ सहमतिमा आउनुपर्छ ।’

यद्धपी पुनले वक्त्तव्यले ३० दलीय मोर्चाका मागहरु पूरा गर्ने कुरामा अझैपनि कन्जुस्याई गरेको उनको गुनासो छ । उनले सत्तारुढ दलले प्रश्नावली निर्माण समितिलाई स्थगन् गर्न किन तयार नभएको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘हामी वार्तामा बस्नको लागि प्रश्नावली निर्माण समिति स्थगन गर्ने स्पष्ट आधार पनि चाहियो ।’

उनले प्रधानमन्त्रीको वक्त्तव्यलाई पूरै नकारीहाल्ने पक्षमा आफूहरु नरहेको दाबी गरे । उनले भने, ‘यो वक्त्तव्यले अहिलेको गत्यावरोध अन्त्य गरिहाल्छ भन्ने आधार नै छैन, वार्ताको टेबलुमा बसेर समस्याको समाधान खोज्नका लागि ढोका भने खुल्ला गरेको छ, तर मोर्चाको आन्दोलनलाई कमजोर बनाउन र रोक्नका लागि आएको हो भने हामी वार्तामा बस्दैनौं ।’ प्रधानमन्त्रीद्धारा जारी वक्त्तव्यवारे आफूहरुले छलफल गरेर एउटा निर्णय दिने समेत उनले प्रष्ट पारे ।

के गर्दा वार्तामा बस्नुहुन्छ त भन्ने सञ्चारकर्मीहरको जिज्ञासामा सचिव पुनले भने, ‘१२ बुँदे समझादारी, अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार सहमतिमै संविधान जारी गर्छु भनेको भए वार्ताको टेबुलमा बसेर समस्यको समाधान हुन्थ्यो र हामी पनि सडक आन्दोलन रोक्न बाध्य हुन्थ्यौं ।’

सत्तारुढ दल प्रक्रियामा गएर बहुमतीय दम्भका आधारमा संविधान जारी गर्ने पक्षमा रहेको र आफूहरु सहमितबाटै संविधान जारी गर्ने पक्षमा सडकमा रहेको उल्लेख गर्दै भने, ‘यदि हामीलाई संविधानसभामा सँगै लिएर संविधान जारी गर्ने हो भने सहमतिका साथ अघि बढ्नुको विकल्प छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री