अमेरिकी राजदूतको मध्यस्थतामा संवाद सुरु: प्रधानमन्त्रीले लिखित बक्तव्य जारी गर्दै

२५ माघ २०७१, आईतवार ०९:४८ मा प्रकाशित

काठमाडौं, २५ माघ । प्रधानमन्त्री सुशील कोइरालाले बिपक्षी मोर्चालाई सहमतिको आव्ह्वान गर्दै लिखित प्रतिबद्धता सहित वक्तव्य जारी गर्ने भएका छन् । संबिधान निर्माणको लागि आवश्यक राष्ट्रिय सहमतिको मार्ग प्रसस्त गर्न सत्तापक्ष र बिपक्षी मोर्चा बीच सहमतिको आव्ह्वान गर्दै प्रधानमन्त्रीले लिखित प्रतिबद्धता सहितको वक्तव्य जारी गर्ने भएका हुन् । सहमति र प्रक्रिया जोडेर आजै प्रधानमन्त्रीको लिखित जारी गर्न लागिएको प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिएका छन्। प्रधानमन्त्रीको लिखित प्रतिबद्धता पत्रमा विपक्षी मोर्चालाई आन्दोलन रोकेर संवादमा र्फकन आहवान सहित सत्तापक्षका तर्फबाट केही प्रतिवद्धता समेत जनाइएको छ ।

माघ ११ गते सभाध्यक्ष सुवासचन्द्र नेम्वांगले प्रस्ताव समिति बनाएपछि सत्ता र प्रतिपक्षबीच उत्पन्न टकराभलाई सहजीकरण गर्दै संबिधान निर्माण प्रक्रिया सुचारु गर्न अमेरिकी राजदूत पिटर डब्लू बोडीले मध्यस्थता गर्दै सक्रिय पहल गरे पछि प्रधानमन्त्री कोइराला लिखित प्रतिवद्धता सहित बक्तव्य जारी गर्न राजि भएका हुन् ।

राजदूत बोडीले बिहीबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवासमा भेटी प्रधानमन्त्री सुशील कोइरालाले गरेको वार्ताको आह्वानलाई सकारात्मक रूपमा लिन आग्रह गरेका थिए । सम्भवत लिखित आजै सार्वजकि गरेर विपक्षी मोर्चालाई पठाइने स्रोतको दावी छ । सत्तापक्षले १२ बुँदे, विस्तृत शान्ति सम्झौतालगायत सहमति, अन्तरिम संविधानको मर्मअनुरूप नै सहमतिमा संविधान जारी गर्ने लिखित प्रतिबद्धता जनाए वार्तामा बस्न सकिने एमाओवादीसहितको विपक्षी मोर्चाको जनाउपछि प्रधानमन्त्री लिखित आहवान गर्ने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार लिखित वक्तव्यको बेहोरा कस्तो भए विपक्षी मोर्चा वार्तामा आउन सक्छ भन्ने विषयमा कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग राजदुत बोडी मार्फत परामर्श गरिरहेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री