जोर्डनले आईएस बिरुद्ध हवाई आक्रमण सुरु गर्यो

२५ माघ २०७१, आईतवार ००:४० मा प्रकाशित

अम्मान, २४ माघ (एएफपी): जोर्डनले इस्लामिक स्टेट (आईएस) लडाकुविरुद्ध बिहीबार दर्जनांै लडाकु विमानबाट आक्रमण गरेको छ । आफ्ना नागरिकलाई जलाएर हत्या गरेपछि जोर्डनले सो आक्रमण सुरु गरेको बताइएको छ ।

जोर्डनी सैनिकका अनुसार बिहीबार बिहान लडाकु समूहको तालिम शिविर लगायत आईएस समूह लक्षित दर्जनौं स्थानमा लडाकु विमानबाट आक्रमण भएको छ । आईएसको बलियो प्रभाव रहेको भनिएका सिरिया र इराकका विभिन्न स्थानलाई लक्षित गरी सो आक्रमण भएको जनाइएको छ । आईएसले जोर्डनी विमान चालक माज अल-कासासबेहलाई जलाएर मारेको भिडियो सार्वजनिक गरेपछि जोर्डन सरकार र नागरिक क्रोधित भएका थिए । सिरियामा २०११ मा सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएपछि ठूलो संख्यामा जिहादीहरू युद्धमा होमिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।