माघ ५ गते भएको सहमतिबाट वार्ता थाल्न एमाओवादीलाई एमालेको आग्रह

२५ माघ २०७१, आईतवार ००:३५ मा प्रकाशित

काठमाडौं, २४ माघ । एमाले स्थायी कमिटीले माघ ५ गते भएको सहमतिबाटै एमाओवादीसंग वार्ता थाल्न प्रस्ताव गरेको छ ।

बल्खुमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले माघ ५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिबाटै वार्ता थाल्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

ओली र दाहालबीच माघ ५ गते बिहान संविधानका अन्तरवस्तुमा सहमति भएको सार्वजनिक भएको थियो भने यता बहुपहिचान भए तुरुन्तै सहमति गर्ने प्रचण्डको भनाइ सार्वजनिक भएको छ। तर, १९ दलीय मोर्चालाई मनाउन गएका दाहाल पुनः सहमतिबाट पछाडि फर्केको ओलीले आरोप लगाउँदै आएका छन् ।

यस अघि ओली र दाहालबीच मिश्रति निर्वाचन प्रणाली, न्याय प्रणालीमा सहमति भएको थियो । शासकीय स्वरुपमा ‘फरक मत’ राखेर जान दाहालले ओलीसँग सहमति जनाएका थिए । संघीयतामा भने संख्यामामात्रै करिव करिव सहमति भएको नेताहरुले नै बताएका छन् । एमालेले एमाओवादीलाई वार्तामा आउन आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा