बहुपहिचान भए तुरुन्तै सहमति हुन्छ : प्रचण्ड

२५ माघ २०७१, आईतवार ००:२७ मा प्रकाशित

सुनसरी,२४ माघ । एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको सम्भावना अझैँ टरिनसकेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ सुनसरीले शनिबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु बहुपहिचानमा सहमत हुनसक्ने जनाउ दिएका छन्। ‘बहुपहिचानमा वहाँहरु आउने हो भने तुरुन्तै सहमति हुने सम्भावना छ,’ एमाले र कांग्रेसले जाति, भाषा संस्कृतीको गन्ध पनि आउनुहुन्न भनेपछि सहमति बिग्रिएको बताउँदै उनले भने, ‘त्यो बेला त्यस्तै परिस्थिती थियो र बहुपहिचान मानिदिएको भनिदिएपछि कुरा बिग्रिएको हो।’

उनले आफूले एकल जातिय पहिचानको कुरा कहिल्यै नगरेको बताए। ‘एउटै जाति, एउटै भाषाको देशमा सबै जातिलाई पहिचान र अधिकार दिएर मिलाउन खोजेको हुँ,’ उनले भने, ‘जातजातीलाई भिडाउन त उनीहरु लागेका छन् ।’ उनले अन्तरीम संविधान र सहमतिको भावनालाई तोड्न खोजेपछि विरोध गरेको बताए। ‘अन्तरीम संविधान र सहमतिको भावनाअनुसार भयो भने प्रक्रियामा गएर पनि दिन्छौं भन्या हो,’ उनले भने, ‘अहिले शान्ती सम्झौता र अन्तरीम संविधान तोडेपछि प्रक्रिया भन्ने नै कहाँ हुन्छ र?’

उनले प्रश्नावली समितिजस्तो अवैधानिक र अदूरदर्शी काम अरु केही हुन नसक्ने भन्दै संविधानसभाको तागतले नपुगेपछि तागत लिन जनतामाझ गएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ