काँग्रेसलाई राष्ट्रपति यादवको सुझाव, ‘तत्काल सम्वाद सुरु गर्नुहोस्’

२५ माघ २०७१, आईतवार ००:२५ मा प्रकाशित

काठमाडौं, २४ माघ । राष्ट्रपति डा. रामबरण यादवले नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलाई संयुक्त रुपमा भेट गरीसत्तारुढ दल र विपक्षी गठबन्धनकावीचमा देखिएको विवादलाई अन्त्य गर्दै दलहरुवीच सहमति मै संविधान जारी गर्न तत्काल संवाद सुरु गर्न आग्रह गरेका छन् । भेटमा राष्ट्रपति यादवले विपक्षी दल एमाओवादीसँग तत्काल वार्ता थाल्न आग्रह गरेका थिए । उनले दलहरुवीच सहमतिको विकल्प नभएको भन्दै सबैभन्दा ठूलो पार्टी र जिम्मेवार दलका हैसियतले काँग्रेसले नै अन्य पार्टीसँग लचकताका साथ प्रस्तुत हुनुपर्ने बताएका थिए ।
जवाफमा बरिष्ठ नेता देउवाले आफुहरु सहमतिकै पक्षमा रहेको उल्लेख गर्दै त्यस अनुरुप आफ्नो पार्टीले विपक्षी दलका नेताहरुसँग वार्ता थालेको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै उपसभापति पौडेलले पनि काँग्रेस सहमतिको पक्षमा दृढ रहेको भन्दै विपक्षीसँग प्रधानमन्त्रीले छिट्टै वार्ता सुरु गर्ने समेत बताएका थिए । पौडेलले सत्तारुढ दलका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले विपक्षीसँग वार्ता गर्न लिखित रुपमै आह्वान गर्नेपनि राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

भोलि नै राष्ट्रपति यादवले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन