गोजुरियो कराँते खेलाडी बङ्गलादेश प्रस्थान

२४ जेष्ठ २०६९, बुधबार १५:३७ मा प्रकाशित

काठमाडौ, २४ जेठ । बङ्गलादेशको ढाकामा भोलि जुन ७ देखि १० तारिख सम्म हुने गोजुरियो काता सेमिनार एन्ड स्पेशल कराँते तालिममा भाग लिन नौ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । ढाका प्रस्थान गर्नेहरुमा गोजुरियो कराँतेका प्रमुख प्रशिक्षक तथा महासचिव ओमकृष्ण प्रर्साइं, दिलीपकुमार धना मगर, नर्वदा बस्नेत, श्यामलाल दनुवार, सुनिल मेचे, पञ्चराम लामा, सूर्यबहादुर भेटवाल, युवराज लामा, प्रेमलाल चौधरी, भरतबहादुर थापा क्षेत्री रहेका छन् । प्रशिक्षणमा जापानबाट आउनुहुने नोबुताका सुमोतो, जर्मनका स्टेनको कुमर र नेआओ सावजीले प्रशिक्षण दिनुहुने गोजुरियो सङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले