ताइपेई विमान दुर्घटनाका १२ जना अझै बेपत्ता

२३ माघ २०७१, शुक्रबार २३:५७ मा प्रकाशित

ताइपेई , २३ माघ (बीबीसी)। बुधबार ताइपेईमा भएको विमान दुर्घटनामा १२ जना अझै बेपत्ता रहेको उद्दारकर्ताहरूले जनाएका छन्। विमानस्थलबाट उड्ना साथ किलुङ नदीमा खसेको ट्रान्स एसियाको विमानमा सवार ३१ जनाको मृत्यु भएको बताइएको छ। उद्दार अधिकारीहरूले बिहीबार १५ जनालाई विमानको भग्नावशेषबाट बाहिर निकालेका थिए। त्यसमा दुई वर्षका एक बालकसमेत रहेका छन्।

सयौंको संख्यामा रहेका सैनिक उद्दारकर्ताहरूले डुंगाको सहयोगमा खोजीकार्य जारी राखेका छन्। आपत्-कालीन उद्दार टोलीले भित्र पसेर उद्दार गर्न विमानको बडीलाई काटेका थिए। उनीहरू त्यसबाट विमानको अग्रभागमा थुनिएका बाँकी यात्रुसम्म पुग्नका लागि त्यसो गरेका हुन्।

दुर्घटनामा मृत्यु हुने अधिकांश चिनियाँ पर्यटक छन्। आफ्ना नागरिक दुर्घटनामा परेपछि चीनले यसको छानबिन गर्ने जनाएको छ। दुर्घटनापछि चीनका नेताहरूले दुर्घटनामा परेका परिवारलाई समवेदना दिएका थिए।

ताइवानको उड्डयन बजार प्रतिस्पर्धात्मक भए पनि पछिल्लोसमय दुर्घटनाहरू बढिरहेकाले चिन्ता बढेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरूले ताइपेईले आफ्नो हवाई यात्रामा सुरक्षा मापदण्ड बढाउनुपर्ने सुझाएका छन्। गतवर्ष पनि ट्रान्स एसियाको विमान दुर्घटना हुँदा ४८ जनाले ज्यान गुमाएका थिए। ट्रान्स एसिया ताइवानको घरेलु विमान कम्पनी हो।

प्रतिक्रिया
सम्बन्धित खवर

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९