गच्छदारको प्रस्तावमा सहमति खोज्न सकिन्छ: दाहाल

२३ माघ २०७१, शुक्रबार २३:५३ मा प्रकाशित

विराटनगर, २३ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति डा रामवरण यादवसँग आज बिहान भएको भेटघाटमा राष्ट्रपतिले राजनीतिक दलबीच संवाद र सहमतिको सम्बन्धमा चासो राखेको जानकारी गराएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले राष्ट्रपतिले वार्ता र संवादलगायत विषयमा चिन्तासमेत व्यक्त गरेको सञ्चारकर्मीलाई बताए । उनले ऐतिहासिक शान्ति सम्झौता र अन्य सहमतिको मूल भावनाका साथ सहमतिमै संविधान बनाउने प्रतिबद्धता सत्ताधारी राजनीतिक दलबाट प्रकट भएको अवस्थामा मात्रै वार्ता हुन सक्ने भन्दै नेपाली काँगे्रस र नेकपा(एमाले)का केही नेता सहमतिबाट डराएको आरोप लगाए ।

शासकीय स्वरुपका विषयमा विवाद नरहेको र सङ्घीय राज्यको विषयमा पनि छदेखि नौ राज्यसम्मका सम्बन्धमा हामी सबै खुला रुपमा छलफल गर्न तयार रहेका बेलामा सहमति हुने सम्भावना देखेपछि काँग्रेस र एमालेका नेताले प्रक्रियामै जाने भनेर सहमतिलाई धकेल्ने प्रयास गरेको दोषारोपण गरे ।

विजयकुमार गच्छदारले आपूmले राखेको प्रस्तावलाई दाहालले स्वीकार नगरेको प्रकट गरेको धारणाका सन्दर्भमा अध्यक्ष दाहालले त्यसबारे आपूmमाथि झुठो आरोप लगाइएको बताउँदै गच्छदारले मोर्चामा छलफल नगरी एकाएक प्रस्तावका विषयमा जानकारी गराएको अवस्थामा आपूmले छलफल आवश्यक रहेको बताएको स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन