सत्तारुढ दलको संयुक्त बैठक: वार्ताको लागि आह्वान गर्दै संविधान निर्माण प्रक्रिया जारी राख्ने निर्णय

२३ माघ २०७१, शुक्रबार २३:४६ मा प्रकाशित

काठमाडौं, २३ माघ । सत्तारुढ दल काँग्रेस र एमालेले विपक्षी मोेर्चालाई वार्ताको लागि आह्वान गर्दै सुरु भएको संविधान निर्माण प्रक्रियालाई जारी राख्ने निर्णय गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निकास बालुवाटारमा बसेको दुई दलको बैठकले प्रश्नावली समितिको प्रक्रिया नरोक्ने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रक्रिया नरोकिने तर, त्यसबीचमा सहमतिको पलह गर्ने बताए । कांग्रेस सहमहामन्त्री पुर्णबहादुर खड्काले संविधानसभाले गठन गरेको समिति भंग हुन नसक्ने निष्कर्ष निकाल्दै त्यो कुरा एमाओवादी र मधेसी मोर्चाले पनि बुझेको बताए ।

बैठकले एमाओवादी मोर्चासँग वार्ता र संवाद गर्न प्रधानमन्त्रीलाई थप अग्रसरता अपनाउन आग्रह गर्ने निर्णय गरेको छ । यो बीचमा भएका औपचारिक तथा अनौपचारिक वार्ता र छलफलको समीक्षा भयो उनले भने,’ एमाओवादी मोर्चासँग वार्ता गर्न प्रधानमन्त्रीलाई थप अग्रसरता लिन आग्रह गर्ने निर्णय भयो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले एकरदुई दिनभित्रै एमाओवादी नेतृत्वको मोर्चालाई औपचारिक रुपमा वार्तामा आउन आव्हान गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन