ब्यापारी र प्रहरीवीच चितवनमा झडप, एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार

२४ जेष्ठ २०६९, बुधबार १५:३५ मा प्रकाशित

नारायणगढ, २४ जेठ । चितवनको नारायणगढमा आज प्रहरी र स्थानिय व्यापारीबिच झडप भएको छ । आन्तरिक राजश्व कार्यालय काठमाडौ र प्रहरीको टोलीले नारायणगढका पसलहरुमा छापा
मार्ने क्रममा शहिदचोकलगायतका स्थानमा दोहोरो झडप भएको हो । झडपका क्रममा प्रहरीले भिड नियन्त्रणका लागि एक दर्जन बढि अश्रु ग्याँस प्रहार गरेको छ । ब्यापारी र प्रहरीबिचको तनाबमा दुईजना सर्बसाधारण घाईते भएका छन् । नाम नखुलेका एक पुरुष र महिलाको अहिले स्थानिय अस्पतालमा उपचार भैरहेको छ । आन्तरीक राजश्व कार्यालय काठमाण्डौका निर्देशक भोजराज सुवेदी र काठमाण्डौबाटै डिएसपी केडी श्रेष्ठको नेतृत्वमा आएको टोलीले नारायणगढका बिभिन्न पसलहरुमा छापा मारिरहेका बेला ब्यापारिसंग झडप भएको हो । छापा मार्नेक्रममाा अबैद्य सामान भेटिएपछि काठमाण्डौबाट आएको टोलीले स्थानीय व्यापारीसँग घुस मागेको भन्दै उनीहरु विरोधमा उत्रिएका छन् । तर अनुसन्धान टोलीले भने त्यो आरोपको खण्डन गरेका छन् । व्यापारीहरुले प्रतिकार गर्न थालेपछि अनुगमनका लागि काठमाण्डौबाट आएको अनुसन्धान टोलीलाई प्रहरीले नारायणगढको एक पसलभित्रै केहिबेर सुरक्षा दिएर जिल्ला प्रहरी कार्यालय पु¥याएको छ ।
टोलीले नारायणगढको सहिद चोकमा रहेको लक्ष्मीनारायण बस्त्रालयमा छापा
मारेर बिहाने केहिबेर शिल लगाएको थियो । स्थानिय ब्यापारीहरुले चोक—चोकमा
पर्दशन गरेका छन् भने बा १ झ ९१३५ नम्बरको आन्तरिक राजश्व कार्यालय काठमाण्डौको गाडि पुलचोकमा जलाईदिएका छन् । नारायणगढ बजारमा तनाब उतपन्न भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले इन्सपेक्टर कुमार थापाको नेतृत्वमा वयापक प्रहरी परिचालन गरेको छ ।
यसैबीच व्यापारीहरुले राजश्वको टोलीले आफुहरुसंग घुस मागेको र प्रहरी ल्याएर दमन गर्न खोजेको भन्दै नारायणगढ बजार बन्द गराएका छन् भने राजमार्गमा गाडि चल्न पनि अबरोध गरेका छन् । बजार र यातयात बन्दभएपछि सर्बसाधारण मारमा परेका छन् । प्रहरीले बजार र सडक यातयात सुचारु गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले

काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच