विपक्षी मोर्चाको आन्दोलनको कार्यक्रम सार्वजनिक

२२ माघ २०७१, बिहीबार २१:४२ मा प्रकाशित

काठमाडौ, २२ माघ । संविधानसभा बैठक बहिष्कार गरेर सडक संघर्षमा होमिएको एमाओवादी सहितको विपक्षी मोर्चाले माघ-२९ गतेदेखि फागुन-९ सम्मकको आन्दोलनको कार्यक्रम तय गरेको छ । बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन मोर्चामा आवद्ध दलका ३५ शीर्ष नेतालाई कार्यकर्ता प्रशिक्षणका लागि क्षेत्र र जिल्ला जान निर्देशन दिएको छ ।

माघ-२९ गते देशभर सार्वजनिक स्थानमा कालो झन्डा गाड्ने, फागुन-२ गते संयुक्त कार्यकर्ता भेला गर्ने, ३ गते देशभर जिल्ला प्रशासन घेराउ गर्ने र  ९ गते देशभर कालो पट्टी र ब्यानर सहितको जनप्रदर्शनको कार्यक्रम तय गरेको मोर्चाले जनाएको छ ।

मोर्चाको बैठकले पुष्पकमल दाहाललाई-काठमाडौं, बाबुराम भट्टराई-नेपालगंज, महन्थ ठाकुर-भैरहवा, उपेन्द्र यादव- विराटनगर, राजेन्द्र महतो-जनकपुर, विजय गच्छदारलाई राजविराजमा संयुक्त कार्यकर्ता भेलालाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ