सुरज र सहानालाई के भयो ?

२२ माघ २०७१, बिहीबार ०९:२० मा प्रकाशित

करिअर नै दाउमा पुग्नेगरी बदनाम हुँदासम्म पनि सुरज गिरी र सहाना बज्राचार्यको चेत खुलेन । दुनियाँले छिछि–दूरदूर गर्दासम्म पनि कसैका पर्वाह नगरी आफ्नै तालले अगाडि बढेको यो जोडी फेरि आफ्नै कारणले सार्वजनिक वदनामीको काण्डमा मुछिएको छ ।
कान्तिपुर टेलिभिजनमा एकसाथ काम गरेपछि यो जोडी नजिकिएको थियो । सुरज गिरी पहिले ‘कान्तिपुर आज’ नामक कार्यक्रम चलाउँथे भने सहाना मनोरञ्जनात्मक कार्यक्रम ‘फ्रेम वाई पे्रmम’ चलाउँथिन् । सुरजको क्षमता र प्रतिभालाई देखेर नै कान्तिपुरले उनलाई पछि कान्तिपुर आजबाट प्रमोशन दिँदै ‘कल कान्तिपुर’जस्तो बहुचर्चित कार्यक्रमको जिम्मा दिएको थियो । अन्ततः ‘कल कान्तिपुर’ नै सुरजलाई चर्चामा ल्याउने कार्यक्रम सावित भएको थियो । यही कार्यक्रमका कारण काठमाडौंबाहिर हुने विभिन्न सांस्कृतिक कार्यक्रमतिर कार्यक्रम सञ्चालकको रूपमा माग बढ्न थालेपछि उनले साथमा महिला कार्यक्रम सञ्चालिकाको रूपमा सहानाको सिफारिस गर्न थालेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रमतिर एकसाथ जान थालेपछि उनीहरूको प्रोफेसनल सम्बन्ध व्यक्तिगत र अत्यन्त निकट बन्न पुगेको थियो । यसैबीच चितवनमा आयोजना भएको एक कार्यक्रममा कार्यक्रम प्रस्तोताको रूपमा यी दुई पुगेका थिए । कार्यक्रम सकिएपछि मायामा डुबेका सुरज र सहानाले गाडीभित्रै साँझ पनि नपरेको अवस्था यौनजन्य उपद्रव गर्दा अध्यधिक चर्चामा आए । यही गाडीकै काण्डले व्यापकता पाएपछि कान्तिपुर टेलिभिजनबाट यी दुई निकालिएका थिए ।
गाडी काण्डपश्चात् मिडियाबाट प्रायसः ओझेलमा बसेका यी जोडी राम्रोसँग गाडीकाण्ड सेलाउन नपाउँदै फेरि अर्को धम्की काण्डका कारण बजारमा बदनाम मात्र भएनन् कि प्रहरी खोरमा नै जान बाध्य भए । कान्तिपुर टेलिभिजनजस्तो मिडियाबाट हात धुनुपर्दाको चोट, पिर र अनि पीडा सेलाउन नपाउँदै विज्ञापन एजेन्सीको मालिकलाई बार्गेनिङ गर्दै मार्ने धम्कीसम्म दिन पछाडि नपरेको यो जोडीले अति नै गरेपछि ती मालिक प्रहरीसमक्ष पुगेका थिए ।
प्रहरीले प्रमाणसहित सुरज र सहानालाई पक्राउ गरेको थियो । अब गाँठी कुरा के छ भने यो जोडीले कान्तिपुर टेलिभिजनबाट हात धुन बाध्य भएपछि विज्ञापनतिर काम गरिरहेको थियो, तर अब विज्ञापन एजेन्सीको मालिकलाई नै मार्नेसम्मको धम्की दिन थालेपछि अब यो जोडीलाई अन्य विज्ञापन कम्पनीहरूले पनि काम नदिने भएका छन् । बूढापाकाहरू त्यसै भनेका होइनन् रहेछन् ‘कि त मानिसले थुतुनोले दुःख पाउँछ कि त… ले’ । यी दुईले पनि यसैले दुःख पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया