एमाले स्थायी समितिको निर्णय: प्रक्रियालाई निरन्तरता दिंदै सहमतिको प्रयास गर्ने

२१ माघ २०७१, बुधबार २३:०६ मा प्रकाशित

काठमाडौ, २१ माघ । एमालेले संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिंदै सहमतिको लागि निरन्तर प्रयास जारी राख्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको बैठकले संविधान निर्माण प्रक्रियाको निरन्तरतासँगै सहमति गर्न सकिने भएकाले विपक्षी मोर्चामा रहेका दलहरूलाई संवादमा आउन पुनः जोड दिएको हो । स्थायी समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले पछिल्लो अवस्थाबारे समीक्षा गर्दै प्रश्नावली बन्दैमा सहमतिको प्रक्रिया प्रभावित नहुने निष्कर्ष निकालेको हो । स्थायी समिति सदस्यहरूले प्रक्रियामा केही समय लिएर एमाओवादीसहितलाई मिलाएर जाँदा राम्रो हुने सुझाव शीर्ष नेतालाई दिएका छन् । एमाओवादीसहितको मोर्चा नै सहमतिबाट पछि हटेकाले त्यही विन्दुबाट सहमति खोज्न सकिने एमालेको धारणा छ । बैठकमा प्रश्नावली बनाउने विषयमा बढी छलफल भएको थियो । प्रश्नावली बनाउँदा संविधानसभाभित्र उठेका सबै विषयलाई समेट्नुपर्ने सुझाव दिएको सचिव ज्ञवालीले जानकारी दिए ।  संघीयतामा सात प्रदेशको अवधारणामा जाने र त्यसमा पहिचान र सामाथ्र्यका आधार समेट्न तर तराई र पहाडलाई अलग बनाउने कुरामा भने सहमत हुन नसक्ने निष्कर्ष पनि बैठकको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन