पाइलटलाई जिउँदै जलाइयो

२१ माघ २०७१, बुधबार २१:१३ मा प्रकाशित

एजेन्सी, २१ माघ । इस्लामिक अतिवादी संगठन आईएसले उसको कब्जामा रहेका जोर्डनी पाइलट मोएज अल कसासबेहलाई जिउँदै जलाएर हत्या गरेको छ ।

कसासबेहलाई जिउँदै जलाएको भिडियो इन्टरनेटमार्फत सार्वजनिक गरिएको हो । कसासबेहको हत्या गरिएको कुरालाई जोर्डनले पनि पुष्टि गरेको छ ।

कसासबेहलाई एउटा पिंजडाभित्र राखेर बाहिरबाट आगो लगाइएको भिडियोमा देखिएको छ । आइएसविरुद्धको मिसनमा सहभागी पाइलट कसासबेहले चलाएको विमान गत डिसेम्बरमा सिरियाको राक्का क्षेत्रमा खसेपछि आइएसले उनलाई कब्जामा लिएको थियो । जोर्डनले उनलाई छुटाउन ठूलो पहल गरेपनि सफल भएन । कसासबेहको हत्याको खबरलगत्तै जोर्डनी राजा अब्दुल्लाले आफ्नो अमेरिकी यात्रालाई बीचमै रोकेर देश फर्किएका छन् । उनले देशवासीलाई एकजुट रहन पनि अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण