सबै नेपालीले अपनत्व महसुस गर्ने संविधान बन्नेछ: सभाध्यक्ष नेम्वांग

२१ माघ २०७१, बुधबार २१:०७ मा प्रकाशित

काठमाडौँ, २१ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आदिवासी, जनजाति, महिला, मधेसी, दलित तथा युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गरिने बताएका छन्।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा दलित नागरिक समाजको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङले युगौँदेखि उत्पीडनमा पारिएका दलित समुदायले भोग्दै आएका आर्थिक, सामाजिक समस्यालाई नयाँ संविधानमा समावेश गरिने बताए। ‘दलित समुदायले चरमरुपमा भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतको समस्यालाई समाधान गर्न ती समुदायले मात्रभन्दा पनि सम्पूर्ण राजनीतिक दल एक हुनुपर्छ ।’ अध्यक्ष नेम्वाङले भने।

पहिलो संविधानसभामा भएका सहमतिलाई स्वामित्व ग्रहण गरेर अगाडि बढिरहेको अवस्थामा जतिसक्दो चाँडो संविधान निर्माणका लागि सकारात्मक दबाब दिन नागरिक समाज तथा वुद्धिजीवीसँग उनले आग्रह गरे।

समाजले दलित समुदायको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने र सहमति र संवादबाट मात्र संविधान जारी गर्नुपर्नेलगातयका मागसहितको ज्ञापनपत्र बुझाएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ