ओली र अमेरिकी राजदुत बोडे भेट: ‘संविधानसभा छोडेर दलहरु सडकमा जानु राम्रो होईन’

२१ माघ २०७१, बुधबार ००:५४ मा प्रकाशित

काठमाडौं, २० माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकाका राजदुत पिटर डब्लु बोडेवीच आज भेटवार्ता भएको छ । प्रश्नावली तयारी प्रस्ताव समितिको कार्यविधि प्रति असहमति जनाउँदै संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले पनि संविधानसभाको आगामी बैठकपछि सडकमा जाने सम्भावना बढीरहेको बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा छाडी सडकमा जान नहुने बताएका छन् ।

संसदीय दलको कार्यलयमा भेटघाट पछि पत्रकारसँग कुरा गर्दै ओलीले जनताले मत दिएर संविधानसभाबाट मुलुकको संविधान बनाउन पठाएका राजनीतिक दल र सभासदहरु सडकमा जान नहुने बताए। जनताले दिएको जिम्मेवारी छाडी सडकमा जाने काम गर्नु हुदैन, त्यस्तो गरी सडकमा जादाँ मानिसहरुले सडक किनारामा बसी हास्ने काम हुन्छ ।

अमेरिकी राजदूतसँगको वार्ताबारे जानकारी दिँदै आफूले संविधानसभाबाट विधि र प्रक्रियाको माध्यमबाट दलहरुको आपसी सहमतिका आधारमा नै लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको संविधान बनाउने आश्वासन दिएको ओलीले बताए ।

एमाओवादी र मधेसवादी दल लगायतका केही साना दलहरु प्रक्रियाको विरोध गरी सडकमा गएको अवस्थामा कतिपय विदशी राजदूतहरुले सहमतिमा जोड दिएको प्रसंगबारे ओलीले भने, संविधानसभामा अहिले कुनै एक वा दुई दलको दुईतिहाइ नपुग्ने भएकोले धेरै दलमिली दुईतिहाई पुर््याउने कार्य सहमतिकै आधारमा हुने हो। उनले एमाओवादी र मधेसवादी दलप्रति लक्षित गर्दै भने, एक दुई दलले आफूले भनेको कुरा माने सहमति नभए लोकतान्त्रिक विधि र प्रक्रिया हुदैन भन्नु राजनीतिक जबरजस्ती हो।

संविधानसभा आफैमा सार्वभौमसत्ता सम्पन्न निकाय भएकोले त्यसले नियमवली अनुसार विधि र प्रक्रियाद्धारा सहमतिकै आधारमा लोकतान्त्रिक संविधान बनाउँदा त्यस्तो संविधान कसैले विरोध गर्न नसक्ने पनि बताए ।

सरकारको तर्फबाट अन्तर्राष्ट्रिय समुदायलाई वर्तमान राजनीतिक परिस्थितीका बारेमा बुझाउन नसकेको हो भन्ने प्रश्नको जवाफमा ओलीले विदेशीहरुलाई ठिक्कमात्रै बुझाउनु पर्ने र त्यहि अनुसार कार्य भएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा