संविधानसभा बैठकमा एमाओवादी नजाने

Head office of UCPN Maoist at Paris Danda, Kathmandu
२० माघ २०७१, मंगलवार ०६:५४ मा प्रकाशित

काठमाडौं, १९ माघ । एमाओवादीले आगामी बिहीबारका लागि बोलाइएको संविधानसभा बैठकमा सहभागी नहुने घोषणा गरेको छ।

संविधानसभाको प्रक्रियामा सहभागी नहुने भन्दै एमाओवादीलगायतका विपक्षीले राजधानीबाहिर आन्दोलन चर्काउने घोषणा गरेका बेला सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आगामी माग २२ गते बिहीबार एक बजे बस्ने गरी डोकेका छन्।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अनिश्चितकालका लागि स्थगित गरेको संविधानसभाको बैठक बिहीबारका लागि बोलाएपछि एमाओवादीले त्यस्तो घोषणा गरेको हो।

‘सत्ता पक्ष र सभाध्यक्षले बहुमतीय प्रक्रिया नसच्याएसम्म हामी संविधानसभाको बैठकमा सहभागी हुँदैनौ’, एमाओवादी संसदीय वोर्डका सचिव अग्नी सापकोटाले भने’ जनतासँग सल्लाह नगरी हामी संविधानसभामा सहभागी नहुने निर्णय हामीले गरिसकेका छौ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ