संविधानसभा छाड्ने राप्रपा नेपालको चेतावनी

२० माघ २०७१, मंगलवार ०६:४६ मा प्रकाशित

काठमाडौं, १९ माघ । राप्रपा नेपालले गणतन्त्र, धर्म्निरपेक्षा र संघीयताबारे संविधानसभामा मतदान नभए संविधानसभा छाड्ने चेतावनी दिएको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संविधानका विवादित विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिले गणतन्त्र, धर्म्निरपेक्षा र संघीयताबारे प्रश्न उठाउन नपाइने निर्णय गरेपछि छिटोभन्दा छिटो सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रस्ताव समितिले संविधानसभाले दिएको म्याण्डेट विपरित गरेर निर्णय गरेको आरोप लगाउँदै भने–‘प्रस्ताव समितिको निर्णयलाई संविधानसभामा प्रस्तुत हुन नदिने यो कस्तो कुरा हो, हामी आकार र क्षमताअनुसार सशक्त प्रतिरोध गर्छौ । अध्यक्ष थापाले गणतन्त्र, धर्म्निरपेक्षा र संघीयताबारे प्रश्नसम्म उठाउने नपाइने स्वच्छाचारी निर्णय भएको भन्दै त्यसलाई कुनैपनि हालतमा आफूहरुले पराजित गराएरै छाड्ने चेतावनी दिए ।

थापाले सत्तारुढ दलले उक्त निर्णय नसच्याए संविधानसभा छाड्न सक्ने चेतावनी समेत दिए । उनले कांग्रेस र एमालेले संविधानसभामा भएका शक्तिहरुलाई एकपछि अर्को गर्दै पाखा लगाउने काम गरेकोमा आक्रोश पोखे ।

माओवादी र मधेसी मोर्चासँग अब सडकमा भेट हुने भन्दै उनले सहकार्य हुनसक्ने बताए । यद्धपी थापाले उनीहरुसँग तत्काल सहकार्य गर्ने वा नगर्नेवारे कुनै छलफल नभएको समेत जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०