संविधानसभाको बैठक माघ २२ मा बस्ने

२० माघ २०७१, मंगलवार ०६:४४ मा प्रकाशित

काठमाडौं, १९ माघ । सत्ताधारी र विपक्षी दलहरुबीच जारी मतभेदकाबीच संविधानसभाको बैठक यही माघ २२ गतेका लागि बोलाइएको छ ।

माघ ११ गते प्रश्नावली प्रस्ताव समिति गठन गरेसँगै अनिश्चित कालका लागि बैठक स्थगित भएको थियो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज आगामी बैठकको मिति तय गरेको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रश्नावली प्रस्ताव समितिले गठन गरेको प्रश्नावली मस्यौदा समितिले मंगलवार अपरान्हसम्म प्रश्नावली बनाएर पेश गर्नेछ । प्रश्नावली प्रस्ताव समितिको औचित्य नभएकोभन्दै एकीकृत माओवादी र मधेसवादी दल सडक आन्दोलनमा छन् ।

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा प्रश्नावली बनाउन नमिल्ने भनेपछि राप्रपा नेपालले समेत समिति बहिस्कार गर्दै संविधानसभाबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने