ओमानमा ७ महिनादेखि अलपत्र शव नेपाल आउँदै

२४ जेष्ठ २०६९, बुधबार १३:१४ मा प्रकाशित

काठमाडौ, २४ जेठ । खाडी मुलुक ओमानमा ७ महिना अगाडि मृत्यु भएकी लमजुङ वेनीकी चन्द्रा परियारको शव नेपाल आउने भएको छ । अर्काको पासपोर्टमा नाम परिवर्तन गरी घरेलु कामदारका रुपमा मधुदेवी खड्का वनेर ओमानको सललमा पुगेकी परियारको शव नेपाल पठाउन लामो समय लागेको हो । अर्कोतर्फ परियारको आफन्त समयमा नभेटिनु र परिवारको आर्थिक अवस्था कमजोर भएको कारण ढिलाई भएको हो ।
एनआरएन ओमान र साउदी स्थित नेपालीको अथक प्रयास पछि परियारको शव नेपाल केही दिनमा आउन लागेको छ । मृतकका भदा जुगमान परियार र जेठाजु अमर परियार शव लिनलाई इच्छुक भएपछि उनको शव नेपाल आउन लागेको एनआरएन ओमानका उपाध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
परियारको स्पोन्सरले साउदी रियाल १ हजार ५५ साउदीस्थित नेपाली दूतावासमा काजक्रियाका लागि पठाइसकिएको  छ । हाउसमेडमा काम गर्न जानेहरुको कुनै पनि इन्स्योरेन्स नहुने हुँदा अन्य पैसा संकलनमा ओमानमा कार्यरत नेपालीहरु जुटेर केही जम्मा गरि पठाउने पनि भएका छन् ।
यता मृतक परियारका आफन्त जुगमान अहिले काठमाडौंमा आएका छन् । उनी भन्छन्–‘ शव लिन त आइयो तर अन्त्येष्टि गर्ने कुनै पैसा छैन ।’ आर्थिक अभाव हुँदा धेरै समस्या भएको उनले जनाए । सरकारी प्रकृया विपरित ओमान गएको हँदा परियारलाई सरकारी पैसा उपलव्ध गराउन नसक्ने देखिन्छ । उता ओमानमा कार्यरत नेपालीहरु केही पैसा संकलन गरेर पठाउन जुटिरहेको ओमानवाट एनआरएनले जानकारी दिएको छ ।
यसरी गैरकानूनी वाटो हुँदै विदेश गएको खण्डमा धेरै असहज हुने गरेको छ । अर्कोतर्फ ओमानमा नेपाली दूतावास नहुनु अर्को विडम्वना हो । यसरी समस्यामा परेका नेपालीहरुको लागि नेपाल सरकारले पनि केही कोष खडा गर्न जरुरी छ ताकी पैसा नभएको कोही अड्किन् नपरोस् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा