मुलुक सधैँ आन्दोलनको बन्धक बन्न सक्दैन: अर्थमन्त्री महत

२० माघ २०७१, मंगलवार ०६:४२ मा प्रकाशित

काठमाडौँ, १९ माघ । अर्थमन्त्री डा रामशरण महतले मुलुकलाई सधै राजनीतिक खिचातानी र आन्दोलनको बन्धक बनाउन नहुने बताएका छन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन उमाविको ६९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री डा महतले विश्वजगत् सूचना, प्रविधि र ज्ञानमा आधारित उद्योग र सीपका कारण समृद्धिमा पुगिसके पनि नेपाल सधै सङ्क्रमणकालमा रहेको बताए ।

सो विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका मन्त्री महतले भने , “अब हामी मुलुकलाई चाँडो नयाँ संविधान दिएर आर्थिक समृद्धि दिन चाहन्छौँ, आन्दोलन र हडतालबाट समाजलाई मुक्त पार्न चाहन्छौँ ।”

नेपालीमा उद्यमशीलता, ज्ञान, प्राकृतिक स्रोत साधन र सिर्जनशील क्षमता भए पनि राजनीतिक अस्थिरताका कारण आर्थिक विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले शिक्षालाई पनि सिर्जनशील बनाउन शिक्षकहरूको मेहनत आवश्यक हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न