सत्तारुढ दलले वातावरण बनाए वार्तामा बस्न तयार: नारायणकाजी

१८ माघ २०७१, आईतवार २२:२९ मा प्रकाशित

काठमाडौं, १८ माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता जनाए आफूहरु वार्ताका बस्न तयार रहेको बताएका छन् ।

एमाओवादी उपाध्यक्ष श्रेष्ठले आइतबार बिहान ललितपुरको हरिसिद्धिस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी वार्ता विरोधी नभएको बताए । उनले एमाओवादीले वार्ताको ढोका बन्द नगरेको भन्दै सत्तारुढ दलले वातावरण बनाए आफ्नो पार्टी वार्तामा बस्न तयार रहेको बताए ।

नेता श्रेष्ठले संविधानका विवादित विषयमा दलहरुबीच ठूलो मतभेद नरहेको अवस्थामा दुई तिहाइ बहुमतको प्रक्रिया रोकिनुपर्ने र त्यसो गरिएको अवस्थामा आफूहरु वार्तामा बस्ने बताए । एमाओवादी उपाध्यक्ष श्रेष्ठले दुई तिहाइ बहुमतको प्रक्रिया नरोकिएको अवस्थामा एमाओवादीसामु आन्दोलन गर्नुको अर्को विकल्प नहुने बताए।

नेता श्रेष्ठले शान्ति प्रक्रियाका पक्षधर र जनआन्दोलनका सहयात्रीबीच सहमतिका आधारमा संविधान निर्माणका लागि दबाब दिनु आन्दोलनको उद्देश्य भएको प्रष्ट पार्दै आन्दोलनका विषयमा पार्टीभित्र कुनै मतभेद नरहेको दाबी पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट