संविधानसभाबाट सामुहिक राजीनामा दिदैं आन्दोलनमा जाने एमाओवादी घोषणा

१८ माघ २०७१, आईतवार २२:२३ मा प्रकाशित

काठमाडौं, १८ माघ । विरोधका वीच सत्ता साझेदार दलले संविधानका विवादित विषयमा प्रश्नावली बनाउने प्रक्रिया अघि बढाएपछि एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा आक्रोशित भएको छ । उसले अब गतिलो जवाफ दिने बताएको छ । त्यसका लागि मोर्चाका संयोजक एवं एमाओवादी अध्यक्ष प्रचण्डले आन्तरिक छलफल थालेका छन् ।

अध्यक्ष दाहालले आइतबार विहान मोर्चाको सचिवालयमा रहेका नेताहरुसँग आफ्नै निवास लाजिम्पाटमा गरेको छलफलमा प्रश्नावली बनाउने प्रक्रिया रोकिन्छ भन्ने आफूहरुले आशा राख्दाराख्दै सत्तारुढ दलहरुले प्रक्रिया अघि बढाएपछि बाध्य भएर त्यसको गतिलो जवाफ दिनुपर्छ भन्नेमा पुगेकोवारे जानकारी गराएका थिए ।

छलफलमा एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चामा आवद्ध १८ दलका सभासदहरुले सामूहिक राजीनामा दिने प्रस्ताव अघि सारेका छन् । ‘ स्रोतका अनुसार मोर्चामा आवद्ध सबै दलका सभासदहरुले सामूहिक राजिनामा दिने पक्षमा प्रचण्ड पुगेका छन् । साथै उनले सबै पार्टीका शीर्ष नेताहरुलाई राजिनामावारे छलफल गर्न समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना