आन्दोलन सशक्त बनाउने मधेसी मोर्चाको निर्णय

१८ माघ २०७१, आईतवार २२:१७ मा प्रकाशित

काठमाडौं, १८ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभाभित्र र बाहिर रहेका ३० दलीय मोर्चाको आन्दोलनलाई सशक्त बनाउन पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।

राजेन्द्र महतो नेतृत्वको पार्टी कार्यालयमा आज बसेको मोर्चाको बैठकले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको नेतृत्वमा हुने आन्दोलनलाई सशक्त बनाउन सबै नेता कार्यकर्ता आ(आफ्नो क्षेत्रमा खटिने निर्णय गरेको हो ।

महतोको अनुसार आन्दोलनलाई सशक्त बनाउन मधेश केन्द्रीत सबै दलका नेता तथा कार्यकर्ताहरुलाई आ–आफ्नो गृह जिल्ला फर्कन निर्देशन दिएको छ । बैठकले वार्ता र सम्वादको ढोका पनि बन्द नगर्ने निर्णय गरेको छ । उनले सत्तारुढ दलसँग अव वार्ता वार्ता भनेर मात्रै कुरेर बस्न नहुने समेत बैठकमा आफ्नो भनाई राखेका थिए ।

बैठकमा उपेन्द्र यादवले आन्दोलनमा जान अन्कनाउनेहरुलाई अप्ठ्यारो परेको भए कांग्रेस एमालेसँग गए हुन्छ भन्ने चेतावनी दिएको एक नेताले बताए । बैठकमा नेता गच्छदारले आफू मोर्चाको निर्णयमा सहमत हुने प्रष्ट पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह