पोखरा, १७ माघ । पश्चिमका विभिन्न जिल्लामा शनिवार साँझ भुकम्पको धक्का महसुस गरिएको छ । ७ बजेर ४४ मिनेटमा दुईपटकसम्म धक्का महसुस भएपछि सर्वसाधारण खुला सडक तथा चौरलगायत सुरक्षित स्थानतर्फ लागेका थिए ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद गौतमले पोखरादेखि पश्चिम, उत्तर कास्की, पर्वत र म्याग्दी सिमा केन्द्रबिन्दु भएर ५ दशमलव ५ म्याग्निच्युडको भुकम्प मापन भएको बताए ।
करिव ३ सेकेन्डभित्र भुकम्पका दुई ठूला झड्का महसुस गरिएको थियो । दराजमा राखेका भाँडाकुँडालगायतका सामान पनि खसेका थिए ।
पोखरालगायत पर्वत, बागलुङ, म्याग्दीमा पनि झड्का महसुस गरिएको थियो । भुकम्पले गरेको क्षतिबारे कुनै जानकारी नआएको कास्की प्रहरीका एसपी बसन्तकुमार लामाले बताए । भूकम्पपछि भाग्ने क्रममा लडेर नदीपुरमा पविता गर्बुजा घाइते भएकी स्थानीयले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि
काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक
प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न