श्रीलंकामा तमिल समुदायका व्यक्ति मुख्य न्यायाधीशमा नियुक्त

१७ माघ २०७१, शनिबार २२:५१ मा प्रकाशित

कोलम्बो, १७ माघ (एजेन्सी) । श्रीलंकामा अल्पसंख्यक तमिल समुदायका व्यक्ति मुख्य न्यायाधीशमा नियुक्त भएका छन् ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले न्यायाधीश के श्रीपवनलाई देशको मूख्य न्यायाधीशमा नियुक्त गरेका हुन् । बहुसंख्यक सिंहाली समुदायका राष्ट्रपति सिरिसेनाले अल्पसंख्यक तमिल समुदायका ६२ वर्षीय श्रीपवनलाई देशको मुख्य न्यायाधीश बनाएका हुन् ।

अलग राज्यका लागि संघर्षरत लिट्टेको पृथकतावादी आन्दोलनलाई निवर्तमान राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००९ मा शक्तिको बलमा नियन्त्रण गरेका थिए । द्वन्द्व अन्त्यपछि पनि अल्पसंख्यक तमिलमाथि ज्यादती भइरहेको आवाज उठेका बेला नयाँ राष्ट्रपति सिरिसेनाले भने तमिल समुदायलाई पनि सँगै लिएर हिड्न चाहेको समाचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले