कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेल जीवनबाट सन्यास लिए

१७ माघ २०७१, शनिबार २२:४९ मा प्रकाशित

काठमाडौं, १७ माघ । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले शनिबारदेखि सक्रिय खेल जीवनबाट सन्यास लिएका छन‌् ।

सन्यास घोषणा कार्यक्रममा उनलाई भक्स वागनको गाडीसमेत दिइएको छ । विष्ट दसौं साफपछि रिङमा उत्रिएका छैनन् । ‘एक दुई वर्षअघिसम्म साफ होला र एकपटक रिङमा उत्रौंला भन्ने थियो,’ विष्टले भने, ‘अब शरीरले पनि साथ दिँदैन र नयाँ खेलाडीले पनि मौका पाउनुपर्छ भन्ने लागेर औपचारिक सन्न्यासको घोषणा गरेको हुँ ।’

सन्यासपछि खेल जीवनको अर्को आयाम सुरु गर्ने उनले बताएका छन् । विष्ट अब तेक्वान्दो प्रशिक्षकमा रुपमा अघि आउने छन् । सक्रिय खेल जीवनबाट टाढा भएपछि उनले प्रशिक्षकको भूमिका निभाउँदै आएका छन् । विष्टले दक्षिण एसियाली खेलकुद साफमा लगातार चारपटक स्वर्ण पदक जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा