
काठमाडौ, २४ जेठ । सरकारविरुद्ध पर्सि राजधानीमा हुने जनप्रदर्शनमा सक्रिय सहभागी हुन आफ्ना कार्यकर्ताहरूलाई एमाले अध्यक्ष झलनाथ खनालले निर्देशन दिएका छन् । विभिन्न जनवर्गीय सङ्गठनमा रहेका कार्यकर्ताहरूको आज पार्टी केन्द्रीय कार्यालय बल्खुमा भएको छलफलमा अध्यक्ष खनालले राजनीतिक सङ्कट वर्तमान सरकारकै कारणले देखा परेका दाबी गर्दै असंवैधानिक कदमको भण्डाफोर गर्ने उद्देश्यले प्रदर्शन र आन्दोलन हुन लागेको बताए । एकीकृत माओवादी जबर्जस्ती सरकार लम्ब्याउने खेलमा लागेको आरोप लगाउँदै खनालले सडकबाटै तह लाउनुपर्ने अवस्था आएको पनि बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर
निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार
काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने
काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार