विपक्षी दलको बहिष्कारसंगै संबिधान निर्माण प्रक्रिया सुचारु, लेखकको नेतृत्वमा कार्यविधि उपसमिति

१७ माघ २०७१, शनिबार २२:४६ मा प्रकाशित

काठमाडौं, १७ माघ । एमाओवादी नेतृत्वको विपक्षी दलको बहिष्कारका बावजुद संविधानसभाको प्रस्ताव निर्माण समितिले प्रक्रिया अन्तर्गतको काम सुचारु गरेको छ । कांग्रेस सभासद रमेश लेखकको संयोजकत्वमा ७ सदस्यीय कार्यविधि उपसमिति गठन गर्दै संबिधान निर्माण प्रक्रिया अन्तर्गतको काम सुचारु गरिएको हो।
आइतबार एक बजे बस्ने समितिको पूर्ण बै‌ठकमा कार्यविधि तयार पारेर पेस गर्ने जिम्मा उक्त उपसमितिलाई दिइएको छ । सिंहदरबारमा २० मिनेट बसेको बैठकमा विपक्षी मोर्चा सहभागी थिएनन्। ७३ सदस्यीय समितिमा कांग्रेस–एमालेलगायत सत्तापक्षीय दलका ४९ जना मात्र सदस्य छन्। बाँकी २४ जनाको नाम विपक्षी दलले उपलब्ध गराउन अस्विकार गरेपछि समितिले पूर्णता पाउन सकेको छैन।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले गत माघ ११ गते प्रश्नावली प्रस्ताव समिति गठन गरेपछि आज पहिलो पटक बैठक बसेको हो । सिंहदरबारमा संवाद समितिको बैठक पक्षमा सुरु बैठकमा विपक्षी मोर्चाका कोही पनि सहभागी छैनन् । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीसहित विपक्षी दलको बहिष्कार बावजुद प्रश्नावली निर्माणका लागि गठन भएको प्रस्ताव निर्माण समितिको बैठक सुरु भएको छ । ७३ सदस्यीय समितिमा कांग्रेस–एमालेलगायत सत्तापक्षीय दलका ४९ जना मात्र सदस्य छन्।

बाँकी २४ जनाको नाम विपक्षी दलले उपलब्ध गराउन अस्विकार गरेपछि समितिले पुर्णता पाउन सकेको छैन् । नेम्वाङले विपक्षी दललाई सोही दिन नाम उपलब्ध गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९