कोइराला-दाहाल भेट, संबिधान निर्माणमा देखिएको गतिरोध हट्ने अपेक्षा

१६ माघ २०७१, शुक्रबार ११:०१ मा प्रकाशित

काठमाडौ, १६ माघ । मूख्य बिपक्षी मोर्चा र सत्तारुढ दलबीच संबिधान निर्माणमा देखिएको गतिरोध अन्त्य गर्नको लागि प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । शुक्रबार दाहाल निवास लाजिम्पाट पुगेका सुशील कोइरालाले एमाओवादी अध्यक्ष दाहालसँग संबिधान निर्माणमा देखिएको गतिरोध अन्त्य गर्नको लागि झन्डै आधा घण्टा छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले दाहाललाई वार्तामा आउन आग्रह गरेका थिए भने दाहालले प्रधानमन्त्रीलाई सहमतिको लागि साझा अवधारणा बनाउन आग्रह गरेका थिए । दाहालका स्वकीय सचिव चुणामणी खड्काले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिको लागि साझा अवधारणा बनाएर समन्वय गरन आग्रह गर्दै आफुले मोर्चासँग छलफल गर्ने बचन दिएका थिए । दाहालले सत्तापक्षले सहमतिको लागि साझा अवधारणा बनाएपछि मात्रै विपक्षीले औपचारीक वार्ता गर्ने बताएको खड्काले जानकारी दिए । खड्काका अनुसार भेटमा दाहालले ‘सत्तापक्षले साझा अवधारणा बनाएपछि मात्रै औपचारीक वार्ता गर्न सकिने जवाफ दिएका थिए । सत्तापक्षले बहुमतीय प्रक्रियाबाट संबिधान निर्माण थालेपछि बिच्किएका एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले निर्णय नसच्याएसम्म सत्तापक्षसँग वार्ता नगर्ने घोषणा गरे पछि संबिधान निर्माण प्रक्रिया गतिरोध आएको थियो । मूख्य बिपक्षी मोर्चा र सत्तारुढ दलबीच संबिधान निर्माणमा देखिएको गतिरोध अन्त्य गर्नको लागि प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका हुन् भने यता बहुमतीय प्रक्रियामा संबिधान जारी गर्ने सत्तापक्षको निर्णयविरुद्ध विपक्षी मोर्चा आन्दोलनरत छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई