राजनीतिक गतिरोध अन्त्य गर्न राष्ट्रपतिको सुझाव

१५ माघ २०७१, बिहीबार २१:२१ मा प्रकाशित

काठमाडौं, १५ माघ । राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राजनीतिक गतिरोधका बारेमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्सँगको भेटघाटमा विहीबार उहाँले त्यस्तो चिन्ता व्यक्त गर्दै संवाद र छलफलकालागि वातावरण बनाउन भूमिका खेल्न पनि अध्यक्ष नेम्वाङ्लाई आग्रह गर्नुभयो । “संवादहीनताको अवस्थामा देशले निकास पाउँदैन, दलका नेताहरुबीचको आपसी छलफल र संवादबाटै राजनीतिक गतिरोध अन्त्य हुन्छ” उहाँले सो अवसरमा अध्यक्ष नेम्वाङ्सँग छलफल गर्नुभयो ।

“प्रतिपक्षीदलहरु आन्दोलनको क्रममा रहेकाबेला सत्तापक्षी दलहरुले बढी लचिलो र सकारात्मक बनेर वार्ता र छलफलको वातावरण बनाउनुपर्छ” राष्ट्रपति यादवलाई उदृतगर्दै अध्यक्ष नेम्वाङ्ले गोरखापत्रलाई जानकारी गराउनुभयो । “संविधान निर्माण प्रक्रिया अवरुद्ध हुनु देशको लागि राम्रो होइन, दलीय परामर्शबाटै समस्याको समाधान खोजिनुपर्छ” डा. यादवले भन्नुभएको अध्यक्ष नेम्वाङ्ले प्रष्ट्याउनुभयो ।

भेटघाटका क्रममा अध्यक्ष नेम्वाङ्ले माघ ५ गते संविधानसभा बैठकमा मध्येराति भएको घटनादेखि ११ गतेसम्मको प्रस्ताव समिति गठन भएको विषयसम्म राष्ट्रपति यादवलाई आफूले जानकारी गराएको बताउनुभयो । “एमाओवादी नेतृत्वको मोर्चाले सहमतिकालागि १० दिनको समय मागगरेको थियो, तर मैले त्योभन्दा वढी समय उपलब्ध गराएको छु” अध्यक्ष नेम्वाङ्ले राष्ट्रपतिलाई प्रष्ट्याएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न