संविधानसभाको औचित्य सकियो: एमाओवादी

Head office of UCPN Maoist at Paris Danda, Kathmandu
१५ माघ २०७१, बिहीबार २१:२० मा प्रकाशित

काठमाडौं, १५ माघ । एमाओवादीले बहुमतीय प्रक्रियाबाट संविधान लेखनको प्रक्रिया शुरु भएकाले संविधानसभाको औचित्य र गरीमा समाप्त भएको ठहर गरेको छ ।

पार्टी मूख्यालय पेरिसडाँडामा आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकले संविधानसभाबाट सहमतिकै आधार संविधान लेख्न छोडेर बहुमतीय प्रक्रियामा गएको भन्दै माओवादीले संविधानसभाको औचित्य समाप्त भएको दाबी गरेको हो ।

माओवादीले संविधानसभाबाटै संविधान जारी गर्न दवाब दिने उद्देश्यले एक महिनाभित्र संविधानसभाका समिति बहिस्कार गर्ने अडानलाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले मन्त्री, आयल निगम र व्यवसायीको मिलोमतोमा एलपी ग्यासको कृत्रिम अभाव गरेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि कमिशनकै लागि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा