गंभिर भएर जिम्मेवारी बहन गर्न उपराष्ट्रपतिको आग्रह

२४ जेष्ठ २०६९, बुधबार १२:४८ मा प्रकाशित

काठमाडौ, २४ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उपराष्ट्रपति परमानन्द झासँग भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिलाई भेट्न अध्यक्ष प्रचण्ड झा निवास लैनचौर पुगेका थिए । उनीहरूबीच संविधानसभा विघटन भइसकेपछि उत्पन्न राजनीतिक परिस्थिति र निकासका सम्बन्धमा छलफल भएको थियो । छलफलमा उपराष्ट्रपति झाले सबै दलले यो बेला गम्भीर भएर जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखेका थिए । उपराष्ट्रपतिले मुलुक गम्भीर अवस्थामा रहेकोले सहमति बनाएरै सबै दल अघि बढ्नुपर्ने सुझाव दिएका थिए । यसैगरी अध्यक्ष प्रचण्डले दलहरूबीच सहमतिका लागि आफूले सकेको प्रयास जारी राखेको उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा