वार्तासँगै प्रक्रियालाई अघि बढाउने काँग्रेस एमालेको निर्णय

१२ माघ २०७१, सोमबार २३:०० मा प्रकाशित

काठमाडौँ, १२ माघ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिको ढोका खुला राख्दै संविधान निर्माण प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको दुई दलको बैठकले संविधानसभामा फरक मत राख्ने एमाओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको लागि वार्ताको ढोका खुल्ला राख्ने र प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको छ ।

संविधान निर्माण प्रक्रियालाई कसरी अघि बढाउने भन्नेबारे दुबै दलले मंगलबार संविधान निर्माणमा सहभागी अन्य दलहरुसँग पुनः छलफल गरी निर्णय लिइने काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

“दुई दलको बैठकले आज कुनै ठोस निर्णय गरेको छैन, सहमतिको ढोका खुल्ला राख्ने र प्रक्रियालाई निरन्तर अघि बढाएर संविधान चाँडो जारी गर्नेबारे कुराकानी भएको छ, भोलि थप छलफल गरी निर्णय हुन्छ,” उनले भने।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०