
न्यूदेल्ली, १२ माघ । भारतले आज ६६औं गणतन्त्र दिवस मनाएको छ । नयाँ संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउने गर्छ ।
गणतन्त्र दिवसका अवसरमा ऐतिहासिक राजपथमा विशेष समारोह आयोजना गरिएको थियो । समारोहमा अमेरिकी राष्ट्रपति बाराक ओबामासमेत सहभागी भएका थिए ।
कार्यक्रममा जल, स्थल र वायु सेनाले शक्ति प्रदर्शन गरेका थिए । महिला सेनाहरुको प्रस्तुति विशेष आकर्षणका रुपमा थिए । यसलाई ‘महिला सशक्तिकरण’को रुपमा लिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको ‘आइडिया’ अनुसारै महिलाको शक्ति प्रदर्शन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जमिनबाट आकाशमा मार हान्ने मध्य दुरीको आकाश मिसाइललगायतका लडाकु विमान र हतियार पत्ता लगाउने राडारको प्रदर्शनी पनि प्रमुख आकर्षणका रुपमा थिए । गणतन्त्र दिवसका अवसरमा भारतभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९
म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले
सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण
दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष