काँग्रेससंग भएको ९ बुँदे सहमति गलत थियोः नेपाल

१२ माघ २०७१, सोमबार २२:३२ मा प्रकाशित

काठमाडौं, १२ माघ । एमाले नेता माधवकुमार नेपालले कांग्रेससँग संविधान निर्माणका सन्दर्भमा गरिएको ९ बुँदे सहमतिकै कारण राजनीतिक संकट उत्पन्न भएको बताएका छन् ।

प्रेस चौतारीले सोमबार राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बिचार नर्पुयाई सहमति गर्दा एमाओवादी, मधेशवादीसहितका विपक्षी दलहरु बिच्किएको बताए । उनले भने–‘हामीले ९ बुँदे सम्झौता जुन बेला र्गयौं, त्यसमा हतार भयो, त्यो उपयुक्त बेला थिएन ।’

पछिल्लो समयमा अध्यक्ष केपी ओली आक्रामक भएपनि विपक्षीसँग अनौपचारिक वार्ता गरिरहेका नेपालले मधेसी मोर्चाका नेता बिजय गच्छदारको प्रस्तावबाट पुनः सहमतिको वार्ता प्रारम्भ गर्न सकिने धारणा अघि सारेका छन् । उनले भने–‘ गच्छदारजीले माघ ८ गते बेलुका जुन प्रस्ताव ल्याउनुभएको थियो, त्यसैबाट संवाद शुरु गर्दा सहमति हुन सक्छ, अहिले पनि संवाद थाल्नुपर्छ निकास टाढा छैन’ ।

नेपालले कांग्रेससँग दुई तिहाइ बहुमत रोक्ने वा र्पुयाउने भिटो पावर रहेका कारण प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडान एमालेले छाडेको बताए । ‘कांग्रेसको जन्म नै संसदीय व्यवस्थाका लागि भएको हो, उसले संसदबाट निर्वाचित प्रधानमन्त्रीको अडान छाड्ने अवस्था रहेन’ नेपालले भने ‘संविधान सहमतिको दस्तावेज भएकाले उसको एक तिहाइ भन्दा बढीको भिटो बुझेर हामीले सुधारिएको संसदीय व्यवस्थामा सहमति जनाएका हौं’ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका