राष्ट्रपतिले संविधानसभा पुर्नस्थापना गर्न नसक्ने राजपा अध्यक्ष थापाको दावी

President of Rashtriya Janashakti Party Surya Bahadur Thapa (File Photo/Agencies)
२४ जेष्ठ २०६९, बुधबार १२:३६ मा प्रकाशित

President of Rashtriya Janashakti Party Surya Bahadur Thapa (File Photo/Agencies)
President of Rashtriya Janashakti Party Surya Bahadur Thapa (File Photo/Agencies)

काठमाडौ, २४ जेठ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले संविधानसभाको पुर्नस्थापना असम्भव रहेको बताएका छन् ।
संविधानसभा विघठनपछि पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले राजामा कार्यकारी अधिकार रहेकोले प्रतिनिधि सभा पुर्नस्थापना भएको स्मरण गर्दै अहिले को सँग कार्यकारी अधिकार छ र पुर्नस्थापना गर्ने भनि प्रश्न गरे । उनले राष्ट्रपतिले संविधानसभा पुर्नस्थापना गर्न नसक्ने समेत दावी गरे ।
थापाले माओवादील्े एकलौटि रुपमा संविधानसभा विघठन गरी निर्वाचनको घोषणा गरेकोले निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै सरकार एकाकी भएर अस्थितरत फैलाउन लागेकोले निर्वाचन असम्भव रहेको बताए । उनले सरकार आफै निर्वाचन प्रति प्रतिबद्ध नभएको समेत दावी गरे ।
उनले द्धन्द्धबाट आएको शक्तिले  चार वर्ष पछि संविधान नै नबनी संविधानसभा विघठन गर्नुभित्र रहस्य लुकेको भन्दै संविधानसभा विघठनको पोष्टमार्टम गर्नु पर्ने बताए ।
मुलुकमा अहिले देखिएको शान्ति मुर्दा शान्ति भएको भन्दै उनले मुलुकमा फेरि कुनै न कुनै रुपको विद्रोह हुने दावी गरे ।
मुलुकमा फेरि पनि सहमतिको विकल्प नभएको भन्दै थापाले दलहरुको आ आफ्नो अडानले मुलुकमा द्धन्द्धामात्र बढाउने खतरा औल्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।