राष्ट्रपति बराक ओबामा भारत भ्रमणमा

११ माघ २०७१, आईतवार २२:०८ मा प्रकाशित

नयाँ दिल्ली, ११ माघ ।अमेरिकी राष्ट्रपति बराक ओबामा आइतबार तीन दिने भ्रमणका लागि भारत आइपुगेका छन् । उनी चढेको विशेष विमान एयरफोर्स वन बिहान करिब पौने १० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रोटोकल’ तोडेर विमानस्थलमै ओबामा र उनकी पत्नी मिशेल ओबामालाई स्वागत गरेका छन् । विमानस्थलमा ओबामा र मोदीले अंकमाल मिलेका थिए ।

भोलि(२६ जनवरी) मा मनाईने भारतको गणतन्त्र दिवसको विशेष अतिथीका रुपममा सहभागी हुन ओबामा भारत आएका छन् । कुनै अमेरिकी राष्ट्रपति भारतको गणतन्त्र दिवसमा अतिथी बनेको यो पहिलो पटक हो ।

यस्तो छ ओबामाको भारत बसाईको कार्यक्रमः

दिल्लीको सरदार पटेल मार्गस्थित पाँच तारे होटल मौर्य शेराटन र ताज महलमा ओबामलाई राख्ने व्यवस्था मिलाईएको छ । सुरक्षाको कारण उनी कुन होटलमा बस्ने हुन खुलाईको छैन ।

विमानस्थलबाट होटल पुगेर ओबामा १२ बजे राष्ट्रपति प्रणब मुखर्जीलाई राष्ट्रपति भवनमा भेट्ने छन् । त्यसपछि राजघाट पुगेर महात्मा गांधीको समाधीमा श्रद्धान्जलि अर्पण गर्ने र त्यहाँ ओबामा पिपलको विरुवा रोप्नेछन् ।

त्यसपछि हैदरावाद हाउसमा प्रधानमन्त्री मोदीसँग दिउँसोको खानापछि दुईपक्षीय बैठक हुनेछ । ३ बजे ओबामा र मोदीको संयुक्त पत्रकार सम्मेलन हुने जनाइएको छ ।

साँझ होटलमा दूतावासका अधिकारी र उनका परिवावरजनसँग ओवामाले समय बिताउने छन् । राति राष्ट्रपति प्रणव मुखर्जीले आयोजना गरेको भोजमा ओबामा सहभागी हुने छन् ।

भोलि गणतन्त्र दिवसमा आयोजित विशेष समारोहमा ओबामा सहभागी हुनेछन् । पर्सी ओबामा दम्पत्तीले ताजमहल हेर्न घुम्ने कार्यक्रम तय भएकोमा त्यो स्थगित भएको जनाइएको छ । ओबामाको भ्रमणलाई लिएर भारतमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष